नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका केन्द्रीय अध्यक्ष ज्ञवालीको निधन, अन्तिम संस्कार बाँकेको सिद्धन्निया घाटमा शनिबार नै गरीने

११ मंसिर २०७३, शनिबार ०३:५४
 

सदरलाइनडटकम,madhu-guru
११ मंसिर, नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद शर्मा ज्ञवालीको ८० वर्षको उमेरमा शविबार बिहान निधन भएको छ । लामोसमयदेखि मृगौला सम्बन्धी रोगले पीडित रहका उनी मधुगुरु र माधव ज्ञवालीको नामले परिचित थिए । उनको नेपालगन्ज–१३ मा आफ्नै निवासमा शनिबार बिहान २ बजे निधन भएको उनका छोरा दिपक ज्ञवालीले जानकारी दिए ।
नेपालको कम्यूनिष्ट आन्दोलनमा जोडिएका स्व. मधुगुरु आफ्नो जीवनकालसम्म सर्वहारा वर्गको मुक्तिको लागि अनब्रत संघर्ष मै रहेका थिए । १९९३ साल असारमा गुल्मीको बलेटक्सार–३ मा जन्मिएका मधुगुरुले २०१३ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालसंग लामो समय काम गरेका थिए ।
२०२६ देखि २०४६ सालसम्म भूमिगत जीवन विताएका उनी आफ्नो जीवनकालको १८ महिना जेल जीवन बिताएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनले विभिन्न आरोह अवरोह झेल्दै गर्दा उनी स्व पुष्पलालको नेतृत्वमा रहेका पार्टी नेपल कम्युनिष्ट पार्टीको २०२९ सालदेखि २०४७ सालसम्म पोलिटव्यूरो सदस्य, २०४८ सालमा तत्कालिन मालेसंग पार्टी एकता भएपछि करिव १ वर्ष केन्द्रीय सदस्य भई २०४९ सालमा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी प्रभुनारायण चौधरीको नेतृत्वमा पुनःगठन गरी २०६६ सालसम्म महासचिवको भूमिकामा नेतृत्व दिएका उनी सो पार्टीको अध्यक्ष बनेका थिए ।
लामो समयदेखि मृगौला सम्बन्धित रोगले पीडित रहेका स्व.मधुगुरुको भारतको लाखनौमा उपचार गरी फर्के लगत्तै मृगौलाको डाईलासिस गर्नपर्ने अवस्था आएकोले कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डाईलोसिस गरेर फर्केको केही समयमा नै देहान्त भएको उनका छोरा दिपकले जानकारी दिए ।
स्व. मधुगुरुको अन्तिम संस्कार बाँकेका सिद्धन्निया घाटमा शनिबार नै गरीने जनाईएको छ । त्यस अघि उनको निवासमा १२ बजे श्रद्धाञ्जली सभा गरी दिउसो साढे १२ बजे सिद्धन्निया घाटमा अन्तिम संस्कार गरिने छोरा दिपकले बताए । स्व. मधु गुरुका दुई श्रीमती, ४ छोरा र दुई छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधान संशोधन नभए हालसम्म प्राप्त उपलब्धी गुम्न सक्छन्–मन्त्री शर्मा

११ मंसिर २०७३, शनिबार ०३:५४
सिराज खान/सदरलाइन, ११ मंसिर नेपालगन्ज : उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले संविधान कार्यान्वयनका लागि संविधान संशोधन अनिवार्य भएको बताएका छन् । संविधान संशोधन नगरिए जनयुुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका बिभिन्न आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु गुुम्ने आशंका ब्यक्त गर्दै उनले संविधान संशोधनको विकल्प नरहेको प्रष्ट पारे । प्रेस सेन्टर बाँकेले शनिवार […]