Sadarline
२०८३ असोज २६ , सोमबार

नेपाली कांग्रेसको १५ औं महाधिवेशन : उपसभापति र महामन्त्री निर्वाचनको नतिजा सार्वजनिक



नेपालगञ्ज : नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन भने समावेशीतर्फ विनोदकुमार चौधरी विजयी भयका छन् ।

यसैगरी महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीतर्फ डा. डिला सङ्ग्रौला (पन्त) निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापति खुलातर्फको मतगणनामा डा. भण्डारीले तीन हजार ७ सय ३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका थिए भने आचार्यले दुई हजार ३ सय ४२ मत प्राप्त गरे । यस्तै उपसभापति समावेशीतर्फ चौधरीले एक हजार ७ सय ४५ मत प्राप्त गरेका थिए ।

महामन्त्री खुलातर्फको मतगणनामा पौडेलले चार हजार १ सय ९४ मत प्राप्त गरेर पहिलो स्थान हासिल गरेका छन् भने राणा दुई हजार ३ सय ३० मत प्राप्त गरी महामन्त्री पदमा विजयी भएका हुन् ।

यस्तै महिला महामन्त्रीतर्फको एक पदमा सङ्ग्रौला तीन हजार १ सय १८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन । यसआघि पार्टी सभापतिमा गगनकुमार थापा निर्वाचित भईसकेका छन् । अन्य सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा जारी रहेको जनाईएको छ ।

प्रकाशित मिति : २०८३ असोज २६ गते सोमबार
ताजा समाचार