हार्ने खेल खेलेर न भारतलाई फाईदा, न नेपाललाई : नवनियुक्त राजदूत उपाध्याय

१५ कार्तिक २०७३, सोमबार १०:५९
 

सदरलाइनडटकम, unnamed (1)
१५ कात्तिक काठमाडौं : भारतका लागि नवनियुक्त नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपालको कुटनीतिलाई नयाँ उचाईमा पुर्याउनको लागि ठूलो भूमिका खेल्ने बताएका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको नेतृत्वमा पुगेको क्लबको देउसी–भैलो कार्यक्रममा बोल्दै नवनिुयुक्त राजदुत उपाध्यायले भने,‘नेपाललाई गहिराईका साथमा चिन्ने मित्रराष्ट भारतमा नेताहरुपनि थोरै हुँदै जानुभएको छ, त्यसमध्ये उहाँ एक अग्रणी व्यक्ति हो, मलाई आज अपार खुशी लागकेको छ, उहाँको भ्रमणले नेपालको कुटनीतिलाई थप उचाईमा पुरयाउन मद्दत पुग्छ, हामीले नेपाली जनताहरुको पनि उत्साह देखेका छौं, यो एकदमै राम्रो कुरा हो ।’
राजदुत उपाध्यायले सानातिना कुराहरुलाई हामीले अगाडि ल्याउने भन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाईदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने बताए । उनले अघि थपे,‘द्धिपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रोपनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ ।’
उनले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि मित्रराष्ट्र भारतको अत्यन्तै आत्मिक सहयोगको आवश्यकत्ता रहेको समेत औंल्याए । उनले अघि थपे,‘त्यो भनेको हामीले शान्त, मर्यादित र परिणामुखी कुटनीतिबाट त्यसलाई अगाडि बढाउनुपर्छ, यसको लागि मेरो भरमग्दुर प्रयास रहनेछ ।’
उपाध्यायले थपे,‘नेपाली जनताको स्वार्थ र नेपाल राष्ट्रको स्वार्थ र हाम्रो सार्वभौमिकतामा कतैबाट कुनै पनि किसिमको आँच आउन निदईकन् हामीले हाम्रो राष्ट्रिय स्वार्थलाई सर्वोपरि मानेर जाने बारेमा मैले मेरो आफ्नो तहबाट, हुन त गर्ने भनेको त सरकारले हो तर मैले राजदुत भएको नाताले सहजीकरण गर्नेछु । त्यो भूमिकामा म खरो उत्रिन्छु ।’
पछिल्लो समय दुवै देशले सम्बन्ध प्रगाढ बनाएर लैजानुपर्ने गम्भिर महशुस गरेको उल्लेख गर्दै उनले भने,‘हार्ने खेल खेलेर न भारतलाई फाईदा हुन्छ, न त नेपाललाई, त्यो कुराको महशुस अहिले दुवै देशले गरेका छन् ।’ उनले भारतले नेपाललाई सहयोग गर्नैपर्ने बताउँदै भने,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको वीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाईदा छैन् ।’
राजदुत उपाध्यायले अब नेपाल भारत सम्बन्धमा कुनै दरार नभएको समेत दाबी गरे ।
उनले नेपाल सानो देश भएपनि आफूहरुले आफ्नो कला, कौशल, चातर्युताको माध्यमबाट राष्ट्रको हित कसरी गर्न सकिन्छ भनेर आफ्नो पक्षमा काम गर्नुपर्ने धारणा राख्दै भने,‘हाम्रो राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितको बारेमा यहाँ धेरै विमति हुनुहँदैन, यहाँ कुनै विमति भएन भने भारतबाट कुनै कुराको पनि रुकावट हुँदैन । तर हामीमा विमति भयो भने यही विमतिमा नै अरु कसैले खेल्ने हो, त्यसमा हामीले ध्यान दिनुपर्छ ।’
नेपालको संविधान भारतले अझैसम्म स्विकार गरेको छैन नि ? भन्ने  क्लबका अध्यक्ष ऋषि धमलाको प्रश्नमा उनले भने,‘ विश्वास  गर्नुहोस् । हामीले जुन–जुन कुराहरको कबुल गरेका छौं । त्यो कबुल भनेको नेपालको  संसदमा  हाम्रै आदरणिय नेताहरुले गर्नु भएको  कबुल,  हाम्रै सरकारले गरेको विभिन्न चरणका मन्त्रिपरिषदका निर्णय, अब त्यो निर्णय गरेको त हामीले हो नि । किन गर्यौ ? त यसको जवाफदेही त हामी बन्नुपर्छ । यो काम हामीले गर्यौं भने मित्रराष्ट्र भारतले पनि हाम्रो संविधानको स्वागत गर्नुको कुनै ठाउँै छैन नि ।’
राजदुत उपाध्यायले अघि थपे,‘ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र विदेशमन्त्री सुष्मा स्वराजको बक्तव्यमा धेरै लचकता हुन्छन, तर हामी आँफैले कबुल गरेका कुराहरु, नेपालभित्र भनेका कुराहरु, अझैपनि कतै केही छ कि भनेर बसेका छौं । हामीले यो प्रोसेलाई अघि बढाउने साथै संविधान संशोधनको प्रक्रिया अघि बढाएपछि कस्तो भन्ने उहाँहरुको एजेण्डा हुँदैन, त्यो हाम्रो एजेण्डा हो । हामीले जे गरेपनि त्यसपछि सिधियो । त्यसपछि हामीले आर्थिक समृद्धिको बाटोमा छलाँग मार्नुपर्दछ । त्यसमा मित्रराष्ट चीन सरकार र भारतले त्यतिकै शुभेच्छाका साथ सहयोग गर्छन ।’
उनले पछिल्लो समय नेपाल–भारत सम्बन्धमा हिजोका जस्ता जटिलताहरु नभएको दाबी गरेका छन् । यद्धपी उनले भने,‘तर हामी प्रष्ट हुनुपर्छ । नहुने कुरा हामीले संसदमा बोल्नु भएन । बोलेपछि त्यसलाई कार्यान्वयन गर्नुपर्छ । अनिमात्रै हामीले विश्वको मन जित्न सक्छौं । भारतले मात्रै किन नि, बोलेका कुरा पूरा गर्यौं भने विश्वले हामीलाई विश्वास गर्छ । अनि देशभित्रका जनताहरुले पनि सरकारप्रति विश्वास गर्छन् ।’
राजदुत उपाध्यायले अहिलेको नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर, घनिष्ठ र राम्रो रहेको विश्वास व्यक्त गरेका छन् । उनले थपे,‘अब नेपालले प्रवन्धन गर्नुपर्छ अनि भारतले त्यसमा सघाउनुपर्छ । भारत नेपालको तीन तिरको खुल्ला सिमाना छ ।’
उनले संविधान कार्यान्वयनको लागि प्रमुख दलहरु मिल्नुको विकल्प नभएको बताएका छन् । उनले भने,‘अहिलेपनि नमिल्ने हो भने, समयमै तीन तहकमो निर्वाचन गर्न सकेनौं भने हामीले संविधान कार्यान्वयन गर्न सक्दैनौं र हामी प्रथम संविधानसभाको अवसान भएको ठाउँ जहाँ थियौं त्यहीँ पुगेर दुष्चक्रमा पर्न सक्छौं । त्यसैले हाम्रा नेताहरु यसबारेमा सजक हुनुपर्छ । हिजो दलहरु मिल्दा अकल्पनीय परिणाम आएको थियो । हामी मिल्नुको विकल्प छैन । अरुलाई दोष दिनु हुँदैन ।’
दलहरुवीचको सहमतिको यात्रा हिजो पनि भएको, आज पनि रहेको र भोलिपनि रहने उनको भनाई थियो । राजदुत उपाध्यायले भने,‘ यही सहमतिको यात्राकै कारणले गर्दा हामी १२ बुँदे हुँदै बृहत्त शान्ति सम्झौता गरेर यहाँसम्म आएका हौं । नेपालको शान्ति सम्झौतालाई संविधान कार्यान्वयन गरेर पूरा गर्न सक्नुपर्छ । यो भयो भने विश्वमै अनुकरणनीय उदाहरण बन्नेछ । मनुष्य भएको नाताले बाँचुञ्जेलसम्म सबै मिल्नुपर्छ, मिल्नुको विकल्प छैन ।’
कार्यक्रममा राजदुत धमलाको आग्रहमा छमछमी नाचेका थिए । उनले धमलाले संविधान संशोधन र कार्यान्वयनको लागि दबाबमूलक कार्यक्रम गरेर प्रशंसनीय काम गरेको भन्दै धन्यवाद समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल मुस्लीम संघ बाँकेमा अन्सारी

१५ कार्तिक २०७३, सोमबार १०:५९
 सदरलाइनडटकम ,  १६ कात्तिक, नेपालगन्ज  : नेपाली कांग्रेस निकट नेपाल मस्लिम संघ बाँकेको पहिलो अधिबेशनबाट अध्यक्षमा मोहम्मद याकूब अन्सारी निर्वाचित भएका छन् । गत शनिबार नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उद्दघाटन गरेका थिए । सोमवार भएको संघको निर्वाचनबाट अध्यक्षमा अन्सारी १५५ मत ल्याउँदै विजयी हासिल गरेका हुन । उनका […]

सम्बन्धित