२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

पाँच महिनापछि काङ्ग्रेस पूर्वसभापति देउवा स्वदेश फिर्ता



नेपालगञ्ज :  नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशमा राष्ट्रिय एकता सुदृढ बनाउन र विगतका विभाजन एवम् विद्वेषका घाउहरू निको पार्न आह्वान गरेका छन ।

जेन्जी आन्दोलनका क्रममा सांघातिक आक्रमणमा परी घाइते भएका पूर्वसभापति देउवाले पाँच महिनाको विदेश उपचारपछि बिहीबार स्वदेश फर्किएलगत्तै एक विशेष सन्देश जारी गर्दै सो आह्वान गरेका हुन ।

आफ्नो सन्देशमा उनले आफू कुनै शक्ति प्राप्त गर्नका लागि नभई राष्ट्रिय एकतालाई बलियो बनाउने उद्देश्यका साथ स्वदेश फर्किएको स्पष्ट पारेका छन ।

पूर्वसभापति देउवाले जारी गरेको वक्तव्यमा मुलुकको विद्यमान जटिल परिस्थितिलाई समाधान गर्न सम्पूर्ण राजनीतिक तथा प्रजातान्त्रिक शक्ति एकाकार हुनुपर्नेमा जोड दिएका छन् । उनलाई स्वागत गर्न काङ्ग्रेसका केही नेता र कार्यकर्ता विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
ताजा समाचार