
नेपालगञ्ज : राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाई आयोजनाको आयोजनामा बाँके बैजनाथ–७ पेडारीमा धान रोपेर राष्ट्रिय धान दिवस मनार्ईएको छ ।
रष्ट्रिय धान दिवसका अवसरमा सिक्टा सिचाई आयोजनाका प्रमुख आचार्य र वडाका वडा अध्यक्ष दिनेश चौधरीसहितका आयोजनाका कर्मचारीहरुले बौजनाथ ७ पेडारी उपशाखा नहर अन्तरगत किसानको खेतमा धान रोपेर धान दिवस मनाएका थिए ।
आकाशे पानीको भरमा खेती गर्ने बौजनाथؘ–७ पेडारी किसान सिक्टा सिचाईको कारण तीन खेती गरि आफ्नो जीवनस्तरमा सुधार ल्याउने प्रयासमा छन् ।
लामो खडेरीका कारण असार १५ पानी नपर्दा किसानले बिउ राख्न पाएका छैन । नहरको पानी सञ्चालन भएको ठाउमा भने किसानले राप्न थालेका छन ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार




प्रतिक्रिया दिनुहोस्