२०८३ कात्तिक २ , आइतबार
Sadarline
२०८३ कात्तिक २ , आइतबार

सवारी दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु



प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सवारी दुर्घटनामा परि ज्यान गएको छ ।

५० वर्षीय रानामगर आफैले चलाएको लु प्र १–००१ झ ०००८ नं. को गाडी अनियन्त्रीत भई स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना हुँदा उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जादै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्लामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक सुजनबाबु बिश्वकर्माले जानकारी दिए ।

गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको उनले बताए । प्रहरी निरीक्षक विश्वकर्माको कमान्डमा पाँच जनाको टोली घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार
ताजा समाचार