अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर सैनिकको मृत्यु, सहसेनानी घाइते

सदरलाइन संवाददाता ११ असार २०८३, बिहीबार १९:२१
 
समाचार सारांश
Generated Using AI
  • कैलालीमा सैन्य अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर नेपाली सेनाका हुड्डा हिमालविक्रम विष्ट गम्भीर घाइते भएका थिए।
  • उपचारका लागि लम्कीस्थित अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
  • घटनामा सह–सेनानी हिमराज जोशी पनि घाइते भएका छन् र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added

धनगढी : कैलालीमा नेपाली सेनाको सैन्य अभ्यास अन्तर्गत फायरिङ अभ्यासका क्रममा ग्रिनेडको छर्रा लागेर एक सैनिकको मृत्यु भएको छ भने अर्का एक सैनिक घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्कीचुहा नगरपालिका–३, गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकका हुड्डा हिमालविक्रम विष्टको ज्यान गएको हो ।

लम्कीस्थित लालरत्न अस्पतालमा उपचारको क्रममा विष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।


मोहन्याल गाउँपालिका–७ मा रहेको जालपा सामुदायिक वनमा आज विहान ९ः४५ बजे फायरिङ अभ्यासको क्रममा ग्रिनेडको छर्रा लागेर विष्ट घाइते भएका थिए । उनको दाहिने हातको हत्केला र शरीरको अन्य भागमा छर्रा लागेको थियो ।

यसैगरी, नजिकै रहेका सह–सेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका थिए । उनको अवस्था सामान्य रहेको जनाइएको छ । जोशीलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *