बर्दियाका छ पालिकामा विपद प्रतिकार्यका उपयोगी सामाग्री हस्तान्त्रण

रुद्रप्रसाद सुवेदी २९ जेष्ठ २०८३, शुक्रबार १९:२४
 
समाचार सारांश
Generated Using AI
  • बर्दियामा मनसुनजन्य विपद् जोखिम न्यूनीकरणका लागि बी–ग्रुपले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा प्रयास–२ परियोजना अन्तर्गत ६ पालिकालाई करिब ६९ लाख रुपैयाँ बराबरका स्वच्छता किट तथा खोज–उद्धार सामग्री हस्तान्तरण गरेको छ।
  • राजापुर, बारबर्दिया, बाँसगढी, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकालाई लाइफ ज्याकेट, हेल्मेट, स्वच्छता किटलगायतका सामग्री उपलब्ध गराइएको छ।
  • स्थानीय तहका प्रमुखहरूले विपद् पूर्वतयारी र उद्धार कार्यलाई प्रभावकारी बनाउन प्राप्त सामग्रीले जनधनको सुरक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने बताएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : मनसुन जन्य विपद प्रतिकार्यका लागि भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) नेपालगञ्जले प्लान इन्टरनेशनल नेपालसँग साझेदारीमा बर्दियाका सबै स्थानीय तहमा विपद् उत्थानशिलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण (प्रयास–२) परियोजना सञ्चालन गरेको छ ।

यस परियोजनाले मौसम प्रेरित र पानी जन्यबाट हुन सक्ने जोखिम न्यूनिकरण गर्नको लागि राजापुर बारबर्दिया, बाँसगढी, मधुवन, गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकालाई करिब ६९ लाख बराबरको सरसफाई स्वच्छता किटहरू र खोज तथा उद्धार सामग्रीहरु हस्तन्त्रण गरिएको बी–ग्रुपका अध्यक्ष डा. ईन्द्र भण्डारीले जानकारी दिए ।

उनले बी–ग्रुपले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाका सबै स्थानीय तहमा विपद् उत्थानशिलता अभिवृद्धिका लागि पूर्वानुमानमा आधारित पूर्वकार्य सबलीकरण (प्रयास–२) परियोजना अन्तरगत पहिलो चरणमा ६ पालिकालाई ६८ लाख ८९ हजार ६ सय ४५ रुपैया बराबरको स्वच्छता किट र खोज तथा उद्धार सामग्रीहरु हस्तन्त्रण गरिएको बताए ।

साझेदार संस्था प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतका कार्यक्रम अफिसर सन्नी विश्वकर्माले मनसुन जन्य विपदको बेलामा स्थानीय तहलाई प्रतिकार्य गर्न सहज होस भनेर बिपद् पुर्व तयारीका लागि आवश्यक सरसामन उपलब्ध गराईएको बताए ।

उनले भने–‘ विपदको बेलामा पहिलो रेस्पोन्स गर्ने पालिकाले उद्धार तथा खोजतलासमा निस्कनु पर्दा आवश्यक सामानको जोहो गर्न सजिलो होस भनेर लाईफ ज्याकेट, स्वच्छता किट, हेलमेल, माईक, सावेल, पिकलगायतका सामाग्री हस्तान्त्रण गरेका हौ ।’

मनसुन जन्य विपदको बेलामा प्रयास–२ परियोजनाबाट प्राप्त स्वच्छता किट र खोज तथा उद्धार सामग्रीले ठूलो सहयोग पुग्ने बर्दियाका स्थानीय तहका प्रमुख उपप्रमुखहरुले जनाएका छन् ।

यसक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले विपद उद्धारको लागि आवश्यक सामाग्री पालिकाले खरिद गर्ने सोच बनाईरहेको बेलामा प्लान ईन्टरनेशनल नेपाल तथा बी–ग्रुपले पालिकामै ल्याईदिएकोमा धन्यबाद ज्ञापन गरे ।


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले विपदको बेलामा यो सामानले ठूलो मद्दत पुग्ने कुरमा जोड दिदै प्राप्त सामाग्रीले विपदबाट जोगाउन सहज हुने कुरामा जोड दिए ।

राजापुर नगरपालिकाका प्रमुख दिपेश चैधरीले मनसुन जन्य विपदबाट जोगाउन राजापुरका जनताको रक्षाको लागि मनसुन अगावै खोजतथा उद्धारको सामान उपलब्ध गराएर ठूलो गुण लगाएको बताए ।

यसैगरी बाह्र बर्दियाका नगरप्रमुख छबीलाल थारु र बाँसगढी नगरपालिकाका उपप्रमुख ईन्दीरा चौधरी र बढैयाताल गाउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले विपदसँग प्रतिकार्यको लागि प्राप्त सामग्रीले जनताको ज्यूज्यान जोगाउन सहज हुने बताए ।

प्रयास–२ परियोजना सन् २०२६ मार्चदेखि अगस्तसम्म सञ्चालन हुने परियोजना अन्तर्गत राजापुर, बार बर्दिया, बाँसगढी, मधुवन, गुलरिया र बढैयाताललाई गरि ६८ लाख ८९ हजार ६ सय ४५ रुपैया बराबरका सरसफाई, स्वच्छता किट तथा खोज–उद्धार सामग्री हस्तान्तरण गरिएको छ ।

परियोजनाले स्थानीय सरकार, विद्यालय र समुदायको क्षमता विकास गर्दै विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र आपतकालीन उद्धार कार्यलाई प्रभावकारी बनाउने लक्ष्य रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *