बाँके प्रहरीद्वारा गोली प्रहार गरी तीन लागुऔषध कारोबारी पक्राउ

सदरलाइन संवाददाता १२ बैशाख २०८३, शनिबार १९:४५
 
समाचार सारांश
Generated Using AI
  • बाँके प्रहरीले नेपालगञ्जको शान्तिनगर क्षेत्रमा हवाई फायर गर्दै तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
  • उनीहरूको साथबाट ३७० ग्राम खैरो हेरोइन बरामद गरिएको छ भने लामो समयको निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
  • घटनापछि थप अनुसन्धान जारी रहेको छ र बाँकेमा लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर कारबाही भइरहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँके प्रहरीले नेपालगञ्जमा शनिबार केही राउन्ड गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तथा निमित्त सूचना अधिकारी रमेश विष्टका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२ स्थित शान्तिनगर चोकनजिक तीन राउन्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरूको साथबाट ३ सय ७० ग्राम खैरो हेरोइन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२२ का ३५ वर्षीय नुरमोहम्मद किङ्गरिया, सोही स्थानका २८ वर्षीय दिनेश बासखोरी र २९ वर्षीय सरोश शाही रहेका छन् ।


प्रहरी निरीक्षक विष्टले लामो समयको प्रयास र सुराकी परिचालनपछि उनीहरूलाई पक्राउ गर्न सफल भएको जानकारी दिदै भने–‘हामीले धेरै दिनदेखि यी कारोबारीको पिछा गरिरहेका थियौँ, शनिबार कारोबार गरिरहेकै अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भयौँ ।’

पक्राउ परेकाहरूलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाँकेमा दैनिकजसो लागुऔषध ओसारपसार र कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ पर्दै आएका छन् ।

दुई दिनअघि मात्रै जिल्लाको खजुरा क्षेत्रबाट प्रहरीले २७५ ग्राम ब्राउनसुगरसहित एक जना ठुला कारोबारीलाई पक्राउ गरेको थियो । उनको साथबाट स्टिलको नक्कली पेस्तोल, सक्कली गोली, तीनवटा मोटरसाइकल, दुईवटा गाडी र बैंकमा ठुलो मौज्दात रहेको चेकबुकसमेत बरामद गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसवर्ष बाँकेमा कक्षा १२ को परीक्षामा करिव १० हजार सहभागी हुँदै

१२ बैशाख २०८३, शनिबार १९:४५
समाचार सारांश Generated Using AI बाँके प्रहरीले नेपालगञ्जको शान्तिनगर क्षेत्रमा हवाई फायर गर्दै तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।उनीहरूको साथबाट ३७० ग्राम खैरो हेरोइन बरामद गरिएको छ भने लामो समयको निगरानीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।घटनापछि थप अनुसन्धान जारी रहेको छ र बाँकेमा लागुऔषध कारोबार नियन्त्रणका लागि निरन्तर कारबाही […]

ताजा अपडेट