बाँकेको डुडुवा कृषि चौफेरीमा आगलागी, ६ घर जलेर नष्ट

सदरलाइन संवाददाता १० बैशाख २०८३, बिहीबार १९:१६
 
समाचार सारांश
Generated Using AI
  • बाँकेको डुडुवा गाउँपालिका–१ स्थित कृषि चौफेरी गाउँमा आगलागी हुँदा ६ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • हग्गु यादवको घरबाट सुरु भएको आगो छिमेकी घरमा फैलिँदा ठूलो क्षति भएको हो, दमकल ढिलो पुग्दा क्षति बढेको बताइएको छ।
  • पीडित परिवारको सम्पूर्ण सामान नष्ट भएको छ र क्षतिको विवरण संकलन भइरहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : बाँकेको डुडुवा गाउँपालिका–१, कृषि  चौफेरी गाउँमा बिहीबार दिउँसोे आगलागी हुँदा ६ वटा घर जलेर पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा, नगद तथा गरगहनासहित अन्य भौतिक सम्पत्ति खरानी भएको नेपाल रेडक्रस सोसाइटी बाँकेले जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी डुडुवा गाउँपालिका शाखा तदर्थ समितिका संयोजक सोहनलाल यादवका अनुसार बिहीबार दिउँसो करिब २ बजे स्थानीय हग्गु यादवको घरबाट अचानक सल्किएको आगोले छिमेकीका घरमा समेत डढेलो फैलाएको थियो । आगलागीबाट हग्गु यादवसहित कृपाराम यादव, कुँवारे यादव, लल्लु यादव, सञ्जय यादव र अरुण यादवको घर नष्ट भएको हो ।


स्थानीय विपद् व्यवस्थापनका अगुवा राममनोहर यादवले आगलागी लगत्तै नेपालगञ्जबाट दमकल बोलाइए पनि घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति धेरै भएको बताए । उनका अनुसार स्थानीय समुदाय र ढिलो गरी पुगेको दमकलको सामूहिक प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ । गर्मी र हावाहुरीको मौसम भएकाले यस क्षेत्रमा आगलागीका घटना दोहोरिने गरेको संयोजक यादवले बताए । राप्ती नदीको कटान र डुबानको जोखिममा रहेको कृषि चौफेरी गाउँ आगलागीको चपेटामा परेपछि पीडित परिवारको बिचल्ली भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

द मदर फाउण्डेशनले ईस्लामिक पाक कला अभियान सञ्चालन गर्दै

१० बैशाख २०८३, बिहीबार १९:१६
समाचार सारांश Generated Using AI बाँकेको डुडुवा गाउँपालिका–१ स्थित कृषि चौफेरी गाउँमा आगलागी हुँदा ६ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।हग्गु यादवको घरबाट सुरु भएको आगो छिमेकी घरमा फैलिँदा ठूलो क्षति भएको हो, दमकल ढिलो पुग्दा क्षति बढेको बताइएको छ।पीडित परिवारको सम्पूर्ण सामान नष्ट भएको छ र क्षतिको विवरण […]