
नेपालगञ्ज : प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।
प्रतिनिधि सभामा उनलाई उपसभामुख बनाउने प्रस्ताव निर्णायार्थ पेश हुँदा प्रस्तावको पक्षमा २२९ मत र विपक्षमा जम्मा ५ मत परेको थियो । मतदानमा २५६ जना उपस्थिति रहेका थिए ।
रुबी कुमारीलाई रास्वपा, नेपाली कांग्रेस, नेकपाले समर्थन गरेका हुन् । नेकपा (एमाले) भने उपसभामुखको निर्वाचनमा तटस्थ रहेको थियो ।
सदनमा भएको मत विभाजनको प्रक्रियामा २२ सांसद उपस्थित थिए । सभामुख डोलप्रसाद अर्यालले मतपरिणाम घोषणा गर्दै सांसद ठाकुर उपसभामुख पदमा अत्यधिक बहुमतले निर्वाचित भएको जानकारी गराए ।
उपसभामुख निर्वाचित रुबीका बुवाको नाम सोगराथ ठाकुर र आमाको नाम रेणु ठाकुर हो । बुवा सोगराथ ईट्टाभट्टामा काम गर्दै आएका उनी हाल वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरेबियामा छन । उनकी आमा गृहिणी एवम् किसान हुन ।
२५ वर्षीया उपसभामुख ठाकुरले २०७४ सालमा धनुषाको स्थानीय विद्यालयबाट माद्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेकाी हुन । उनले धनुषाको बलरा पोलिटेक्निकबाट तीन वर्षे सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेकाी छन् ।
जेनजी आन्दोलन पश्चात् उनी श्रम संस्कृति पार्टीमा जोडिन पुगेकी हुन । उनी श्रम संस्कृति पार्टीको समानुपातिक तर्फको सांसद निर्वाचित भएकी थिईन ।












प्रतिक्रिया दिनुहोस्