समाचार सारांश
- नेपालगञ्जमा १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्।
- संयुक्त प्रहरी टोलीले राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
- प्रहरीले पक्राउ परेकामाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान तथा कारबाही अघि बढाएको छ।

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो नेपालगञ्ज शाखाको संयुक्त टोलीले १८४ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर (खैरो धुलो पदार्थ)सहित चार जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
बाँके प्रहरीका अनुसार लगूऔषध सहित नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने सोनु जोलाह, सोही स्थानका इरफान जोलाह, मन्ना जोलाह, नेपालगञ्ज १८ सुमेर शेष रहेका छन ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित राष्ट्रिय वाणिज्य बैंक नजिक चेकजाँच गर्दा उनीहरूबाट उक्त लागु औषध बरामद भएको हो ।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रकृया सुरु गरीएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले जारी गरेको विज्ञप्तिमा प्रहरी नियन्त्रणमा परेकालाई लागु औषध नियन्त्रण अभियान अन्तर्गत कारवाही गरीने जनाएको छ ।


