समाचार सारांश
- केपी शर्मा ओलीलाई पक्राउपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएकोमा रिपोर्टका आधारमा अस्पतालमै भर्ना गरिएको छ।
- उनको स्वास्थ्य अवस्था र पूर्व मिर्गौला प्रत्यारोपणका कारण चिकित्सकीय निगरानीमा राखिएको छ।
- पूर्वगृहमन्त्री रमेश लेखकलाई भने स्वास्थ्य परीक्षणपछि पुनः प्रहरी हिरासतमा राखिएको छ।

काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको छ । शनिवार विहान उनलाई पक्राउ गरिएसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पु¥याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा उनलाई अस्पाताल भर्ना गरिएको हो ।
अस्पतालमा अहिले उनको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ ।
लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।


