बागेश्वरी मन्दीरमा चैतेदशैमा जिब्रो छेड्नेको घुईचो

रुद्र सुवेदी १३ चैत्र २०८२, शुक्रबार १६:१५
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्जस्थित बागेश्वरी मन्दिर मा चैते दशैंको नवमीमा भाकल पुरा गर्न श्रद्धालुहरूले जिब्रो छेडेर पूजा गर्ने परम्परा जारी रहेको छ।
  • नवरात्रभर व्रत बसेपछि नवमीका दिन जिब्रो छेड्दा दुःख–रोग टर्ने, सम्पत्ति रक्षाहुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको बताइएको छ।
  • यस वर्ष पनि करिब १५० भन्दा बढी भक्तजनले यस्तो अनुष्ठान गरी बागेश्वरी माताको दर्शन गरेका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।
नेपालगञ्ज : नेपालगञ्जको प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा चैतेदशैको नवमीको दिनमा आफ्नो भाकल पुरा गराउन वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर पूजाआजा गर्नेको भिडभाड छ ।
बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले परापूर्वकालदेखि चलेको यस परम्परालाई धान्नको लागि नवरात्राको ब्रतबसेर नवमीको दिनमा जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन रहेको बताए ।
मुल महन्त योगीले नवरात्रा सुरु भएदेखि निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परा पूर्वकालदेखि नै चल्दै आएको र मन्दिरमा पञ्चबली र बलि पनि परापूर्व कालदेखि नै चलेकोे बताए ।
बाँके जानकी गाउपालिका वडानं ३ का ५२ वर्षिय बिद्यालाल तमौली हरेक वर्षको चैतेदशैको नवमीको दिनमा र बडा दशैको नवमीमा वर्षमा २ पटक निराहार ब्रत बसेर जिब्रो छेड्ने गरेको बताए ।
उनले आज पनि जिब्रो छेडेर बागेश्वरीको दर्शन गरेको बताए  । ‘मैले २० वर्षको उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । वर्षमा २ पटक चैतैदशै र बडा दशैको नवमीको दिनमा छेड््ने गरेको छु’–उनले भने ।
नवरात्रको ब्रत बसेका ब्रतालु पुरुषहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेर पूजा गर्ने परम्परा रहेको छ । पुजा गरि सकेपछि पानको पात चबाएर खाने गर्दा घाउ नदेखिने नदुख्ने उनीहरुको भनाई छ । यो चैते दशैमा तमौली जस्ता करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेडेर दर्शन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी नियन्त्रणपछि स्वास्थ्य परीक्षण गरी ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा

१३ चैत्र २०८२, शुक्रबार १६:१५
समाचार सारांश Generated Using AI नेपालगञ्जस्थित बागेश्वरी मन्दिर मा चैते दशैंको नवमीमा भाकल पुरा गर्न श्रद्धालुहरूले जिब्रो छेडेर पूजा गर्ने परम्परा जारी रहेको छ।नवरात्रभर व्रत बसेपछि नवमीका दिन जिब्रो छेड्दा दुःख–रोग टर्ने, सम्पत्ति रक्षाहुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको बताइएको छ।यस वर्ष पनि करिब १५० भन्दा बढी भक्तजनले […]