
नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा पार्टी वरिष्ठ नेता बालेन्द्र शाह चयन भएका छन् ।
रास्वपा संसदीय दलको बैठकले सर्वसम्मतिमा वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।
सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न राखेकोे प्रस्ताव संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको थियो । योसँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
रास्वपा संसदीय दलको नेता चयन भएसँगै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अब केही बेरमा बस्दै छ ।केन्द्रीय समितिले संसदीय दलको नेताको रुपमा शाहलाई अनुमोदन गर्नुपर्ने छ ।
प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार












प्रतिक्रिया दिनुहोस्