समाचार सारांश
Generated Using AI
- रास्वपाले संसदीय दलको नेता चयन गर्न चैत १२ गते बैठक बोलाएको छ।
- शपथपछि बस्ने बैठकमा नेता चयनसहित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
- रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा सबै केन्द्रीय सदस्यलाई उपस्थित हुन निर्देशन दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
यही चैत १२ गते अपराह्न २ः०० बजे प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।


