२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

गुल्मीमा चट्याङ पर्दा ३ जना घाइते, ३ वटा बाख्रा मरे



गुल्मी : गुल्मीको मालिका गाउँपालिका–२ दर्लिङमा चट्याङ लाग्दा ३ जना घाइते भएका छन् भने ३ वटा बाख्रा मरेका छन् ।

शुक्रबार दिउँसो परेको चट्याङले स्थानीय ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ वर्षका विष्णु खड्का घाइते भएका हुन् । घाइतेमध्ये गोमा खड्काको अवस्था गम्भीर रहेको छ भने उनी बेहोस अवस्थामा रहेको जनाइएको छ ।

निरु र विष्णुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) गंगाबहादुर सारुले बताए ।

चट्याङकै कारण विष्णु खड्काको १ वटा र बाली बिकेको २ वटा गरी जम्मा ३ वटा बाख्रा मरेका छन् । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी पौदी अमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार
ताजा समाचार