प्रतिनिधि सभा निर्वाचन : बाँकेका ४७ उम्मेदवारले बचाउन सकेनन जमानत

सदरलाइन संवाददाता २६ फाल्गुन २०८२, मंगलवार १८:४९
 
समाचार सारांश
Generated Using AI
  • फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा बाँकेका ५६ उम्मेदवारमध्ये ४७ जनाले जमानत जोगाउन सकेनन्।
  • कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।
  • तीन जना विजयी र थप ६ जनाले मात्र आवश्यक मत ल्याएर जमानत जोगाउन सफल भएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  गत फागुन २१ गते सम्मन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका ५६ उम्मेदवारमध्ये ४७ जनाले बचाउन सकेनन आफ्नो जमानत ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ (१) अनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार यस पटक बाँकेका ४७ उम्मेदवारले आवश्यक मत सङ्ख्या पु¥याउन नसक्दा धरौटी रकम (जमानत) गुमाएका हुन् ।


जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार यस पटक विजयी हुने र जमानत जोगाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवार मात्र छन् । तीनवटै क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र राप्रपाका उम्मेदवारको समेत धरौटी जफत भएको हो ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले ५६ उम्मेदवारमध्ये तीन जना विजयी भएको र अन्य ६ जनाले मात्र जमानत जोगाउन सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तर्राष्ट्रिय महिला दिवस : महिला नेतृत्व, मतदान, लोकतन्त्र र अनुभवले देखाएको यथार्थ

२६ फाल्गुन २०८२, मंगलवार १८:४९
समाचार सारांश Generated Using AI फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा बाँकेका ५६ उम्मेदवारमध्ये ४७ जनाले जमानत जोगाउन सकेनन्।कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्ने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ।तीन जना विजयी र थप ६ जनाले मात्र आवश्यक मत ल्याएर जमानत जोगाउन सफल भएका छन्। यो […]