निर्वाचनलाई लक्षित गर्दै मुलुकको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाइएको छ : गृहमन्त्री अर्याल

सदरलाइन संवाददाता १७ फाल्गुन २०८२, आईतवार १६:३९
 
समाचार सारांश
Generated Using AI
  • गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाइएको र देशभर सकारात्मक माहोल रहेको बताएका छन्।
  • बाँकेमा सुरक्षा अवस्था सन्तोषजनक रहेको र सुरक्षा निकायबीचको समन्वय प्रभावकारी रहेको उल्लेख गरिएको छ।
  • निर्वाचन विरोधी गतिविधिमाथि कडाइ गर्दै दण्डहीनता अन्त्य गरिने चेतावनी दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज  : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनलाई लक्षित गर्दै मुलुकको सुरक्षा व्यवस्थालाई अझ सुदृढ बनाइएको बताएका छन् । नेपालगञ्ज विमानस्थलमा आईतबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशभर निर्वाचनको माहोल सकारात्मक देखिए पनि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको स्पष्ट पारे ।

उनका अनुसार सरकारले सबै सुरक्षा निकायलाई समन्वयात्मक ढंगले परिचालन गर्दै कुनै पनि प्रकारका निर्वाचन विरोधी गतिविधि हुन नदिन कडा निगरानी बढाएको छ ।

गृहमन्त्री अर्यालले विशेषगरी बाँके जिल्लाको सुरक्षा अवस्था सन्तोषजनक रहेको उल्लेख गर्दै जिल्ला सुरक्षा समितिको भूमिका प्रभावकारी देखिएको बताए । स्थानीय प्रशासन, प्रहरी र सशस्त्र प्रहरीबीचको सहकार्यले शान्तिपूर्ण वातावरण कायम राख्न महत्वपूर्ण योगदान दिएको उनको भनाइ थियो ।


उनले यसपटक दण्डहीनता सह्य नहुने स्पष्ट सन्देश दिँदै कानुन उल्लंघन गर्ने जो–कोहीलाई कडा भन्दा कडा कारबाही गरिने चेतावनी पनि दिए ।

प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले गृहमन्त्री अर्यालसमक्ष बाँकेको समग्र सुरक्षा अवस्थाबारे विस्तृत ब्रीफिङ गरि अवस्थाबारे जानकारी दिए । गृहमन्त्री अर्यालको टोली नेपालगञ्जबाट बझाङ्ग, बाजुरा, अछाम र कैलाली हुँदै आजै काठमाडौ फर्कने कार्यक्रम रहेका छ ।

गृहमन्त्री अर्यालको टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके ३ मा नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवारका पक्षमा प्रदर्शन

१७ फाल्गुन २०८२, आईतवार १६:३९
समाचार सारांश Generated Using AI गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा बनाइएको र देशभर सकारात्मक माहोल रहेको बताएका छन्।बाँकेमा सुरक्षा अवस्था सन्तोषजनक रहेको र सुरक्षा निकायबीचको समन्वय प्रभावकारी रहेको उल्लेख गरिएको छ।निर्वाचन विरोधी गतिविधिमाथि कडाइ गर्दै दण्डहीनता अन्त्य गरिने चेतावनी दिइएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको […]

ताजा अपडेट