नरैनापुर क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा १५ लाखको अवैध सुर्ती बरामद

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार २०:०१
 

नरैनापुर (बाँके) : निर्वाचनको तयारीमा सुरक्षा निकायलगायत सबैको ध्यान केन्द्रीत भएको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दैगएको छ ।

सशस्त्र प्रहरीले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर क्षेत्रबाट अवैध रुपमा चोरी तस्करी गरेर भारतबाट ल्याइएको १५ लाख रुपियाँ बराबरको २३ बोरा सुर्ती र ट्याक्टर नियन्त्रणमा लिएको छ ।


नरैनापुर गाउँपालिका –२ लक्ष्मणपुर गाउँमा सशस्त्र प्रहरीले रातिको समयमा अवैध रूपमा ट्याक्टरमा लोड गरेर २३ बोरा सुर्ती (तम्बाखु) नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध सामानसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म नरैनापुरका प्रमुख प्रहरी नायब उपरीक्षक तेजराज शर्माले बताए ।

उनले नरैनापुर क्षेत्रमा नियमित सुरक्षा गस्ती तथा चेकजाँचका क्रममा प्रहरीले अवैध सुर्ती ल्याउँदै गरेको ट्याक्टरलाई निगरानीमा लिएर नियन्त्रणमा लिएको जनाउँदै घटनास्थलमा खटिएको सशस्त्र प्रहरी टोलीलाई ट्याक्टर चालकले देख्नेबित्तिकै गाडी छोडेर फरार भएको बताए ।

सो प्रहरी टोलीले ट्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाउँदै नियन्त्रणमा लिइएको ट्याक्टरमा गाडी नम्बर उल्लेख नभएको जनाइएको छ । ट्याक्टरमा लोड गरिएको २३ बोरा अवैध सुर्ती (तम्बाखु) र ट्याक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेन्द्र पुस्तकालयले उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस गर्दै

१४ माघ २०८२, बुधबार २०:०१
  नेपालगञ्ज : नेपालगञ्जस्थित ऐतिहासिक पुस्तकालय महेन्द्र पुस्तकालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पुस्तकालयलाई ज्ञान आर्जनको केन्द्रका साथै विविध विषयमा बौद्धिक विमर्शको थलो बनाउने उदेश्यले नियमित रुपमा विमर्शको कार्यक्रम गर्न लागिएको र त्यसको सुरुवात आसन्न निर्वाचनका उम्मेदवारहरुसँग बहस कार्यक्रमबाट गर्न […]

ताजा अपडेट