मिथिला सेवा समाजको स्थापना दिवश मनाईयो

सदरलाइन संवाददाता १ माघ २०८२, बिहीबार १८:३४
 

नेपालगञ्ज :  नेपालगञ्जमा बसोबास गर्दै आएका मैथली भाषीहरुको साझा सस्था मिथिला सेवा सामाजले आप्mनो स्थापना दिवश तथा माघे सक्रान्ती (तिलासकरात) कार्यक्रम सम्पन्न गरेको छ ।

समाजका अगूवा भरत महतोले नेपालगञ्जमा बसोबास गर्दै आउनु भएका मैथली भाषा बोल्नेहरुलाई एउटै छानामुनी एकताबद्ध गर्दै सामाजिक आर्थक र सास्कृतीक लागागतको क्षेत्रमा क्रियाशिल रहेकालाई एकजुट पार्ने उदेश्यले प्रत्येक वर्ष आजकै दिन कार्यक्रमको आयाजना गर्ने गरिएको जानकारी दिए ।


मैथली भाषा बोल्नेहरु बाँकेमा व्यवसाय सञ्चालन गर्ने, शिक्षण पेशा गर्ने, सुरक्षा निकायमा , स्वास्थ्य तथा निजामति लागायतको शेवामा कार्यारत रही बाँकेमै बसोबास गर्नेहरु करिब १ हजार घरधुरी रहेका छन ।

मिथिला संस्कृतीको संरक्षण गर्ने साथै विभिन्न समाजिक कार्यमा योगदान दिएका करिव १ सय भन्दा बढीलाई खादा मालाले सम्मान गरिएको थियो । तिलको लड्डु चाकु तरुल लगायतको खानेकुराका साथै मिथिलाको सभ्यता झल्की विभिन्न सास्कृतीक कार्यक्रम प्रस्तुती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वक्तृत्वकला मार्फत युवालाई सशक्त बनाउँदै अनेरास्ववियु बाँके

१ माघ २०८२, बिहीबार १८:३४
नेपालगञ्ज : अनेरास्ववियु बाँकेले आगामी माघ २९ गते राष्ट्रियता र लोकतन्त्रको मूल विषय बनाएर जिल्ला स्तरीय खुला वक्तृत्वकलाको आयोजना गर्ने भएको छ । वक्तृत्वकला कलाको आयोजनाबारेमा शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले युवाहरु माझ राष्ट्रिय र लोकतन्त्रको विषय मजबुत होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी […]

ताजा अपडेट