ग्यास बुलेट दुर्घटना : सडक अवरुद्द

ग्यास चुहिएकाले दमकल झिकाइयो

सदरलाइन संवाददाता १५ पुष २०८२, मंगलवार १३:१६
 

नेपालगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट दुर्घटना भएपछि सो क्षेत्रमा सवारी साधन सन्चालनमा रोक लगाइएको छ । मंगलबार बिहान ७ बजेर ५० मिनेट जाँदा पूर्वबाट युपी १७ ए २१४ नम्बरको एलपी ग्यास बुलेट दुर्घटनामा परेको हो । बुलेट सडकमै तर्सो परेको छ । दुर्घटनामा चालक सामान्य घाइते भएका छन् ।


तर ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । ग्यास लिक भइरहेकाले आगलागी हुन सक्ने भएकाले दमकल र बुलेटलाई उठाउन क्रेन झिकाइएको छ । जंगल क्षेत्रमा दुर्घटना भएकाले नजिकमा बस्ती भने छैन ।

तर स्थिति पूर्णरूपमा सामान्य नभएसम्म राजमार्ग नखुल्ने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज तमु ल्होसार

१५ पुष २०८२, मंगलवार १३:१६
नेपालगञ्ज : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाइरहेका छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउने गर्छन् । आज देशैभर यो पर्व […]

सम्बन्धित