लुम्बिनीमा गैरराज्य पक्षबाट सबैभन्दा बढी मानवअधिकार उलंघनका घटना घटईयो

सदरलाइन संवाददाता ५ पुष २०८२, शनिबार १८:३५
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशमा १ वर्ष भित्र विभन्न प्रकृतीका गरी १ हजार ५ सय ६९ वटा मानबअधिकार उलंघनका घटना घटेको पाईएको छ । मानवअधिकारको क्षेत्रमा कार्यरत संस्था ईन्सेकद्वारा अयोजन गरेको कार्यक्रमका सो जानकारी गराईएको हो ।

यी घटनामा सबै भन्दा बढी महिला र बालबालिका पीडित भएको पाईएको छ । घटनाको प्रकृती एकदमै अमानविय र क्रुरता प्रदर्शन भएको पाइएको छ ।

लुम्बिनी प्रदेशमा १ वर्ष भित्र घटेका मानवअधिकार उल्लंघनका घटनाहरुमा सबैभन्दा बढी पीडित महिला र बालबालिका भएको पार्ईएको छ ।


ईन्सेक वर्ष पुस्तक समीक्षा कार्यक्रममा लुम्बिनी प्रदेश संयोजक भोला महतले लुम्बिनीमा गैर राज्य पक्षबाट सबै भन्दा बढी मानबअधिकार उलंघनका घटना संलग्न रहेको बताए । उनले घटनामा सबै भन्दा बढी महिला र बालबालिका पीडित भएको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले प्रहरी ंमानवअधिकार रक्षाको लागि प्रहरी कटिबद्ध रहेको बताउदै पीडित र प्रभावित महिला र बालबालिका हुने तथ्याङ्कले देखाएकोले प्रहरीले उनीहरुको मानवअधिकारको रक्षाको लागि काम गरी रहेको बाताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले नागरिको मावअधिकार हनन नहुनेगरी प्रशासनले काम गर्न कुराको प्रतिबद्धता जनाए ।
लुम्बिनी प्रदेशमा १ वर्षभित्र विभन्न प्रकृतीका गरी १ हजार ५ सय ६९ वटा मानबअधिकार उलंघनका घटना घटेको पाईएको छ । यी घटनाहरुमा संलग्न गैर राज्यपक्षबाट बढि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *