अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चिता बारे सरोकारवालासंग अन्तरक्रिया

सदरलाइन संवाददाता २ मंसिर २०८२, मंगलवार १९:३४
 

नेपालगञ्ज :  नेपाल परिवार नियोजन संघ बाँकेको आयोजना तथा भेस्टोलिटोको आर्थिक सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्यको सुनिश्चित गर्ने उद्देश्यले सरोकारवालासंग अन्तरक्रिया गरिएको छ ।

सघको आयोजनामा मंगलबार अपांगतामैत्री यौन तथा प्रजनन स्वास्थ्यसेवा सम्बन्धी सो अभिमुखिकरणमा संचारकर्मी, अपांगता अधिकारकर्मी र मानव अधिकारकर्मीलाई सहभागी रहेका थिए ।

कार्यक्रममा परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मि श्रेष्ठले संघले सञ्चालन गरिरहेको भेस्टिलिटो परियोजनाले अपांगता भएका व्यक्तिहरुलाई लक्षित गर्दै उनीहरुको आवश्यकता अनुसार सेवा, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि, पहुँचमैत्री संरचना र सरोकारवालाबीच निरन्तर संवाद जस्ता पहल गर्दै आएको जानकारी दिए ।

उनले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी निशुल्क स्वास्थ्य शिविर, परिवार नियोजनको परामर्श, प्रजनन अधिकारबारे जानकारी दिनुका साथै अपाङ्गता अधिकारको बारेमा सन २०२३ देखि बाँकेमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।


कार्यक्रमले अपांगतामैत्री यौन प्रजनन स्वास्थ्य सेवालाई व्यवहारिक रूपमा लागू गर्ने आधार तयार गरिरहेको छ । परिवार नियोजन संघ बाँकेका सभापति बदरुदुज्जा खाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपाङ्गता अधिकारकर्मी जीवन गिरीले अपाङ्गताका बारेमा विविध पक्षलाई उजागर गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका महिला बालबालिका शाखा अधिकृत आशा शाही, अपांग अधिकारकर्मी गोकर्ण आचार्य, बिनोद थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

बाँकेमा १३ हजार ५ सय २२ जना विभिन्न १० प्रकारको अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशि भूषण दिल्लीमा सम्मानित हुँदै

२ मंसिर २०८२, मंगलवार १९:३४
नेपालगञ्ज :  भारतको राजधानी दिल्लीमा आगामी नभम्बर २१–२२ मा आयोजना हुने अन्तर्राष्ट्रीय हिन्दी सम्मेलनमा सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष शशि भूषणलगायतका व्यक्तिहरु सम्मानित हुने भएका छन् । विश्वभर हिंदी भाषाको प्रचारको लागि क्रियाशिल चर्चित संस्था विश्व हिंदी परिषदद्वारा दुई दिने अंतर्राष्ट्रिय हिंदी सम्मेलनको आयोजना नया दिल्लीको विज्ञान भवनमा आयोजना गर्ने […]

सम्बन्धित