नेपालगञ्जको बागेश्वरी मन्दीरमा फुलपाती भित्र्याईयो

सदरलाइन संवाददाता १३ आश्विन २०८२, सोमबार ०९:५४
 


नेपालगञ्ज : हिन्दु समुदायको बडा दशैको सातौदिन आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने प्रचलन रहेको छ ।

यसैक्रममा पश्चिम नेपालको महत्वपूर्ण शक्तिपिठको रुपमा रहेको बागेश्वरी मन्दीरमा सोमबार बिहानको शुभसाईतमा फुलपाति भित्र्याईएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको नेतृत्वमा नेपाली सेनाको बज्रदल गण, सशस्त्र प्रहरीको ३० न. बाहिनी, जिल्ला प्रहरी कार्यालय बाँकेलगायतको स्थानबाट विधि पूर्वक ल्याईएको फुलपातिलाई बाजागाजा सहित भित्र्याईएको थियो ।


फुलपातीको भित्र्याईदै गर्दाको अवसरमा नेपाली सेनाले हर्ष बढाई गरेको थियो । बागेश्वरी मन्दिरमा फुलपातीको बढाई हेर्न सर्वसाधारण भक्तजनहरुको समेत घुईचो लागेकोे थियो ।

यसैबीच यो वर्षदेखि बाँकेका आठवटै पालिकामा रहेका विभिन्न शक्तिपिठहरुबाट पनि फूलपाति बागेश्वरी मन्दीरमा ल्याउने कार्यक्रम रहेको बागेश्वरी मन्दीर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

६ घण्टापछि तुइनखोलाको पहिरो खुल्यो

१३ आश्विन २०८२, सोमबार ०९:५४
चितवन : मुग्लिन–नारायणघाट अन्तरगतको तुइनखोलाको पहिरो छ घण्टापछि पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको छ । दसैं मनाउन हिडेका यात्रु मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा आएको पहिरोले अड्काएको थियो । सोमवार मध्यान्न १२ बजे सुख्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग साँझ ६ बजे तिर खुलाइएको थियो । सार्वजनिक विदा भएको दिन सोमबार यात्रुको […]

सम्बन्धित