बाँकेको नौबस्ता बालसुधारगृहमा झडप हुँदा ५ को मृत्यु, २ घाइते

सदरलाइन संवाददाता २५ भाद्र २०८२, बुधबार १०:०५
 

नेपालगञ्ज : बाँकेको नौबस्तामा रहेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । बुधबार बिहान करिव २ बजेतिर भएको सो घटनामा पाँच जनाको मृत्यु र २ जना घाइते भएका सुरक्षा निकट स्रोतले जनाएको छ ।

सो घटनापछि बाल सुधारबाट त्यहाँ रहेका बालविज्याईकर्ताहरु केही संख्यामा फरार भएको बताइएको छ ।

सुरक्षा स्रोतका अनुसार सो घटनामा परी मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर छन् । गएराति सुधारगृहमा झडप भएको थियो ।


त्यसक्रममा प्रहरीले पनि नियन्त्रणको प्रयास गरेको थियो । घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । ती घाइतेमध्ये पाँच जनाको अस्पताल ल्याउदै मृत्यु भईसकेको अस्पताल स्रोतले जनाएको छ ।

घाइते दुई जनाको भेरी अस्पतालमै उपचार जारी छ । देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोज्दा सो घटना भएको थियो । त्यही क्रममा झडप भएको थियो ।

नौबस्ता बाल सुधार गृहमा रहेका केही बालविज्याईकर्ता भागेका छन् भने केही बालसुधारगृह भित्रै रहेका छन् । सो विषयमा स्थानीय प्रशासन मौन रहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीसंग सम्पर्क गर्दा उहाँले फोन उठाउनु भएन । कति बालविज्याईकर्ता थिए र कति सो घटनापछि भागे जानकारी आउन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देशभर कर्फ्यू आदेश जारी

२५ भाद्र २०८२, बुधबार १०:०५
काठमाडौं : नेपाली सेनाले देशभर कर्फ्यू आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यू आदेश जारी भएको सेनाले जनाएको छ । आजका लागि साँझ ५ बजेसम्म कर्फ्यूको समय निर्धारण गरिएको छ । सेनाको विज्ञप्ति अनुसार साँझ ५ बजेपछि कर्फ्यू जारी रहने र तत्पश्चात् भोलि बिहान […]