२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी हुने : एमाले नेता नेपाल



सदरलाइनडटकम 14463237_1275739859127501_2329544510675501402_n
११ असोज, नेपालगन्ज : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निकायको चुनावमा एमाले पहिलो पार्टी हुने दावी गरेका छन् । मंगलवार नेपालगन्जमा एमाले बाँकेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफ्नो पार्टीलाई जनताले मन पराई सकेको कारण कार्यकर्ताहरु विजय जुलुस निकाल्न समेत तयार रहन आग्रह गर्दै भने–‘स्थानीय निकायको चुनावमा एमाले अत्याधिक बहुमत ल्याएर पहिलो पार्टी हुने निश्चत छ ।’
उनले अहिलेको सरकार अन्तराष्ट्रियको इसारामा चल्ने भएको कारण देश कछुवाको गतिमा अगाडी बढेको टिप्पणी गर्दै केपी ओली सरकारले जे गरेको थियो त्यसैमा मात्र सिमित रहेको बताए ।
उनले स्थानीय निर्बाचनका लागि आफनो पार्टिले पहल सुरु गरेकाले तीन तहकै निर्बाचनमा पार्टिको महत्वपुर्ण भुमिका हुने धारणा राखे । संबिधान कार्यान्वयनमा आफनो पार्टी पछि नहट्ने बताउदै उनले भने–‘मधेशको मागलाई केपी ओली कै सरकारले सम्बोधन गरि अगाडी मुद्दा बढाई सकेको छ ।’
भेलालाई सम्बोधन गर्दै नेता नेपालले मधेशका मुद्धा एमालेको सरकार भएदेखिकै भएकाले यसमा पार्टीको ध्यानाकर्षण भएको बताउदै स्थानीय निर्बाचनका लागि आफ्नो पार्टिले पहल सुरु गरेकाले तीन तहकै निर्बाचनमा पार्टिको महत्वपुर्ण भुमिका हुने दावी गरे ।
उनले अहिलेको सरकारप्रति केहि असन्तुष्ट भएतापनि संबिधान जारी गरेको दलको हैसियले संबिधानलाई गति दिनु आफनो दायित्व भएकोमा कुरामा उहाँले जोड दिए । आफनो पार्टी सत्ताको भन्दा पनि विकासको पछि रहेको बताउदै नेता नेपालले एमाले पार्टी सरकारमा छदा बनेका योजनालाई कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
एमाओवादी अहिले उम्लेको दुध जस्तै भएको बताउदै नेता नेपालले माओवादीको केन्द्रीय कमिटिलाई त सम्हाल्न गाह्रो भएको छ त देशलाई सम्हाल्न कसरी सक्ने हो भन्ने चिन्ताले सताएको बताए ।

प्रकाशित मिति : २०७३ असोज ११ गते मंगलबार
ताजा समाचार