२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कैलालीमा नुहाउन गएका ४ जना मृत भेटिए



कैलाली :  कैलालीमा खोलामा नुहाउन गएका ४ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झोलुंगे पुलनजिक खुटिया खोलामा बेपत्ता ४ युवा मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु नुहाउन गएका सात जनामध्ये चारजना नुहाउने बेलामा बेपत्ता भएका थिए । नुहाउन गएका बेपत्ता हुनेहरुमा धनगढी उपमहानगरपालिका घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार
ताजा समाचार