भारतबाट चोरीका गरगहना र नगद लिएर आएका ६ जना कोहलपुरमा पक्राउ

सदरलाइन संवाददाता ३१ असार २०८२, मंगलवार १९:४९
 

कोहलपुर (बाँके) :  ईलाका प्रहरी कार्यालय कोहलपुरले भारतबाट करिव १५ तोला सुन र ८ लाख नेपाली रुपैयाँ बाराबरको धनमाल लुटपाट गरी आएका ६ जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार असार ३० गते आईतबार दिउँसो अंन्दाजी २ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं.११मा रहेको होटल न्यु कालिकोटेमा कोठा भाडा लिई बसेका मानिसहरूले भारतबाट सुनका गहना र नगद चोरी गरेर आएको भन्ने बिशेष सुचना अनुसार कालिकोट रासकोट नगरपालिका वडानं.१ बस्ने बर्ष ४२ को मनबहादुर शाही, बर्ष ४२ को तेजबहादुर शाही, सान्नी त्रिबेणी गाउँपालिका वडानं.८ बस्ने बर्ष १८ को पंकज केसी, बर्ष ४५ को प्रेमबहादुर खत्री, बर्ष ३८ की अनिता खत्री र नरहरीनाथ गाउँपालिका वडा नं.९ बस्ने बर्ष २८ की सरिता शाहीलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।


सो घटनाको सूचना प्राप्त हुनसाथ प्रहरी निरिक्षक.रेशमलाल पौडेलको कमाण्डमा ७ जनाको प्रहरी टोलीले सो होटलकोे कोठा नं.००८ मा बसेका माथी उल्लेखित व्यक्तिहरुका साथबाट १५ तोला २५ लाल ( पथ्यर सहित) तौल भएका सुनका गर–गहनाहरु, नगद नेपाली सात लाख सतासी हजारसमेत बरामद गरेको जनाएको छ ।

प्रहरीले उल्लेखित गरगहना र नगदसहित निजहरूलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याई आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनउत्तरदायी र परिवर्तनमुखी पत्रकारिता आजको आवश्यकता : मुख्यमन्त्री आचार्य

३१ असार २०८२, मंगलवार १९:४९
कोहलपुर (बाँके) :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जनमानसमा सही र सकारात्मक सूचना सम्प्रेषण आजको आवश्यकता भएको बताएका छन् । एनटिभि कोहलपुरको २९औं वार्षिकोत्सव समारोहलाई मंगलबार कोहलपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सञ्चार क्षेत्रले समाजलाई अराजकताको बाटोमा होइन, परिवर्तनको मार्गमा लैजान जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन । उनले भने–‘हामीले […]