२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सात दिनभित्र पतिलाई रिहाई नगरिए आमरण अनशन बस्ने पीडित पत्नीको चेतावनी



सदरलाइनडटकम pidit wife
२८ भदौ, काठमाण्डौं : विश्वनाथ गौतमलाई झुट्टा अभियोग लगाएर विगत ६ बर्षदेखि कारागारमा राखिएको भन्दै पीडित परिवारले तत्काल रिहाईको माग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित परिवारले निर्दोश सावित हुँदाहुँदै पनि राज्यले झुट्टा मुद्धा लगाई विगत ६ वर्षदेखि कारागारमा राखेकोमा आपत्ति जनाउँदै गौतमलाई सात दिनभित्र रिहाई नगरिए आमरण अनशनमा बस्ने चेतावनी दिएको हो ।
कार्यक्रममा बोल्दै पीडितकी श्रीमती दिपा गौतमले भनिन्,‘म अहिले तेह्रथुम मोराहाङमा रहेको घरबार छोडेर निर्दोश श्रीमानको रिहाईको लागि राजधानीमा भौतारिएर हिडिरहेकी छु, यूनिटि लाईफ ईन्टरनेशनल कम्पनीमा काम गर्ने कर्मचारीको रुपमा रहेको बेला सञ्चालक फरार भएपछि राज्यले कम्पनीका सबै मुद्धा मेरो श्रीमानलाई लगाएर हामी माथि महा अन्याय गरेकोछ, मुद्धा लड्दा–लड्दा सम्पतिको सत्यानास भैसकेको छ, चार जना बालबालिकाको भविष्यमाथि बादल लागेको छ, यी छोराछोरी बोकेर अब सडकमा निस्किन मात्रै बाँकी छ ।’
उनले आफ्ना पतिलाई तत्काल रिहाई गरी उचित क्षतिपूर्तिको माँग समेत गरेकी छिन् । न्यायको लागि आफूले यसअघि पनि संघर्षका विभिन्न कार्यक्रमहरु गरेको भएपनि त्यसमा कुनै सुुनुवाई नभएको उल्लेख गर्दै उनले थपिन्,‘न्यायको लागि अब म आमरण अनशन बस्न समे तयार भएकी छु, म अहिले पनि जिउँदै मरेजस्तो भएकी छु, अन्यायको घैलाले मलाई मृतप्राय बनाईसकेको छ ।’

pidit
पत्रकार सम्मेलनमा बोल्दै मानवअधिकारर्मी सुबोध प्याकुरेलले कम्पनी रजिष्ट्रारको कार्यालयले विश्वनाथ सञ्चालक नभएको प्रमाण गृहमन्त्रालयलाई दिँदा पनि गौतममाथि राज्यले कारवाही गर्नु लाचार र घोर अन्याय भएको टिप्पणी गर्दै भने, ‘यो राज्यका केही कानुनहरू यस्ता छन् जनु कानुन जनताको हित भन्दा बाहिर छन्, सबैले विश्वनाथलाई निर्दोष छन् भनेर प्रमाणित गरिसकेको छ तर उसैलार्ई ६ वर्षसम्म कारागारमा राख्नु कत्तिको उचित हो ?, यस्ता अभावमा बाचिरहेका परिवारको लागि सांसदहरूले कुरा उठाउनु पर्छ कि पर्दैन, हेर्नुस् हाम्रो देशको कानुन अन्धो छ भन्ने कुरा यस घटनाबाट प्रमाणित हुन्छ ।’

प्रकाशित मिति : २०७३ भदौ २८ गते मंगलबार
ताजा समाचार