२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

अहिले कै संरचना अनुसार स्थानीय निकायको चुनाब गर्नुपर्छ: अध्यक्ष राणा



सदरलाइनडटकम
२३ भदौ नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले अहिले कै संरचना अनुसार स्थानीय निकायको निर्बाचन गर्नुपर्ने बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राणाले प्रान्तिय सरकार गठन नहुँदासम्मका लागि अहिले कै गाविस र नगरपालिका कै आधारमा स्थानीय निकायको चुनाब गर्नुपर्ने बताए ।IMG_9227

 स्थानीय निर्बाचनको तयारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टिले शुरु गरेको देशब्यापी अभियान अन्र्तगत नेपालगन्ज आइपुेका राणाले मधेशको समस्या समाधान गरेर मात्रै संबिधानको कार्यान्बन सम्भब हुने भएकाले मधेशको समस्या समाधान गर्नका लागि राष्ट्रिय प्रजातन्त्र पार्टिले मधेशमा दुई प्रदेश हुनु पर्ने बताए ।
अध्यक्ष राणाले भने–‘अहिलेको जटिलता संविधान कार्यान्वयन नै हो । सिंगो मधेशलाई अलग राखेर संविधान कार्यान्वयन हुन सक्दैन संविधान कार्यान्वयनको लागि पार्टीले सरकारमा जाने निर्णय गरेको हो । राप्रपाले आफ्नो घोषणा पत्रमा नै मधेशमा दुई प्रदेश हुने गरी स्पष्ट खाका प्रस्तुत गरेकोले पनि प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लाहरु झिकेर मधेशको मात्र प्रदेश बनाउने पर्छ ।’

IMG_9235

संचारकर्मीहरुको एक प्रश्नको जबाफमा अध्यक्ष राणाले ८१ प्रतिशत भन्दा बढी हिन्दुहरुको बसोबास भएकाले नेपाललाई हिन्दु राष्ट्र हुनु पर्ने बताए । उनले भने–‘राप्रपा राजतन्त्र होईन हिन्दू गणतन्त्रको पक्षमा छ ।’ उनले ठूला पार्टीले जनताको भावनालाई आघात पुराउदै समग्र मुलुकको नै भैतिक पहिचान मेटाउदै अपरझट र सुटुक्क धर्मनिरपेक्षताको कुरा थोपार्नु गलत भएको र ठूला पार्टीबाटै त्यो गल्ती सच्याउनु पर्ने धारणा राखे ।

IMG_9246

उनले समावेशिताको आधारमा प्रतिनिधित्व हुनुपर्ने कुरामा आफ्नो पार्टीले सबैको प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्ने कुरमा जोड दिएको बताए । त्यसैगरी नागरिकताको सवालमा आमाको नामबाट पनि नागरिकता दिनु पर्ने तर बैबाहिक अंगिकृत नागरिकले संबैधानिक निकायमा प्रतिनिधित्वको विषयमा भने बन्देज लगाईनु पर्ने धारणा राखे ।
उनले पार्टी एकीकरणको बेलामा निर्माण गरेको अन्तरिम विधानले आफ्नो पार्टीको अस्तित्व नै विलिन हुने भएकोले पार्टी एकीकरण हुन नसकेको स्पष्ट पार्दै आफ्नो तर्फबाट पार्टी एकीकरणकोे लागि ढोका खुल्ला भएपनि राप्रपा नेपालले नै एकतर्फि ढोका बन्द गरेको आरोप लगाए ।

IMG_9251

विहीबार नै जिविस बाँकेमा राप्रपा बाँकेको आयोजनामा कार्यकर्ता उत्प्रेरणा तथा जनचेतना कार्यक्रममा उनी सहभागि भएका थिए । सो कार्यक्रममा मध्यपश्चिमका विभिन्न जिल्लाका पार्टी अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

IMG_9240

सो कार्यक्रममा सहभागि हुनको लागि अध्यक्ष राणालगायत सह अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री तथा नेपाल सरकारका आपूर्ती मन्त्री दिपक बोहरा, भूमि सुधार मन्त्री बिक्रम पाण्डे, बालाराम घर्तिमगर, प्रतिभा राणा, सहप्रवक्ता किरण गिरी, युवा नेता उज्जवल विक्रम थापालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका केही तस्वीरहरु फोटो रुद्र सुवेदी/सदरलाइनडटकम

IMG_9254

IMG_9260

IMG_9262
IMG_9230

प्रकाशित मिति : २०७३ भदौ २३ गते बिहीबार
ताजा समाचार