सुर्खेत : सुर्खेतबाट कोहलपुर हुँदै भारतको प्रयागराजमा लागेको महाकुम्भ मेलामा जान लागेका तिर्थयात्री बोकेको बस रत्नराजमार्ग अन्तर्गत बबईमा पुलबाट तल खसेर दुर्घटना भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई पुलदेखि ३ किलोमिटर सुर्खेत तिर खोलाको पुलमा भे १ ख ४३३१ नम्बरको तिर्थयात्री बोकेको बस दुर्घटना भएको प्रहरी उपरीक्षक रूपेश खड्काले जानकारी दिए ।


खड्काका अनुसार भारतको महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ पाँच बजेतिर दुर्घटनामा परेको हो । बसमा करिब ४० जना यात्रु सवार थिए ।
सो घटनामा परेर ८ जना गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि कोहलपुर र नेपालगञ्ज ल्याईदै गरेको अपुष्ठ जानकारी प्राप्ता भएको छ । थप विरण आउन बाँकी…