कोहपुरबाट खैरो हेरोइनसहित तीन जना परे प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २७ माघ २०८१, आईतवार १६:४१
 

कोहलपुर (बाँके) :  ईलाका प्रहरी कार्यालय कोहलपुरले खैरो हेरोइन ( प्रतिबन्धित लागू औषध) सहित तीन जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

प्रहरीले विशेष सूचनाका आधारमा लागू औषधको कारोबार भइरहेको खबर पाए लगत्तै नेपालगञ्जमा रहेको लागू औषध नियन्त्रण ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले खैरो हेरोइनसहित तीन जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–२ बिकासनगरका २६ वर्षिय टीकाराम सुनार, कोहलपुर– ११ की २० वर्षिया सपना सिंह ठकुरी र कोहलपुर–२ आनन्द नगरका २७ वर्षिय चित्र बहादुर थापा रहेका छन् ।


छुट्टाछुट्टै पक्राउ परेका उनीहरु मध्ये लागुऔषध ब्यूरो र कोहलपुर प्रहरीको टोलीले शनिबार साँझ ६ बजे कोहलपुरबाट टीकाराम र सपनालाई ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरु दुबै जनासँगै रहेको अवस्थामा टीकारामको गोजीबाट उक्त खैरो हेरोइन बरामद गरिएको हो ।

त्यस्तै शनिबार साँझ साढे ७ बजे कोहलपुर–२ सालको बुटाबाट संयुक्त टोलीले चित्र बहादुरलाई २ ग्राम ४८ मिलिग्राम खैरो हेरोइनसहित नियन्त्रणमा जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

खैरो हेरोइनसहित प्रहरी नियन्त्रणमा परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवाहको उमेर २० वर्ष नै हुनुपर्छ : मुख्यमन्त्री आचार्य

२७ माघ २०८१, आईतवार १६:४१
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाल विवाह मुक्त प्रदेश बनाउने अभियानलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । नेपालमा विवाहको कानुनी उमेर २० वर्ष नै हुनुपर्ने पक्षमा प्रदेश सरकार रहेको उल्लेख गर्दै उनले बाल विवाह मुक्त प्रदेश निर्माण अभियानलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिएको स्पष्ट पारे । मुख्यमन्त्री […]

ताजा अपडेट