
बर्दिया : ईलाका प्रहरी कार्यालय भुरीगाउ बर्दियाले बुधबार राती सवा १० बजेतिर भुरीगाउमा जुवा खेलिरहेको अवस्थामा ६ जना जुवाडेलाई करिव ५२ हजार नगदसहित नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार जुवा खेलेको अभियोगमा बर्दिया ठाकुरबाबा–१ भुरिगाउका ३१ वर्षिय लक्ष्मीकान्त न्यौपाने (घर धनीका छोरा), ३३ वर्षिय दिर्घबहादुर शाही, २१ वर्षिय ईश्वर बोहोरा, ३६ वर्षिय रामप्रसाद थारु, ३९ वर्षिय गणेशबहादुर थापा र ३७ वर्षिय धु्रर्व थापा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट प्रसनि लक्ष्मण अधिकारीको कमाण्ड र ईप्रका भुरीगाउबाट प्रहरी निरिक्षक रेवन्त सेनको कमाण्डमा गएको प्रहरीको टोलीले उनीहरुको जुवाको खालबाट ५१ हजार ८ सय ७० नगद, ७ थान मोवाईल, ४ गड्डी तास बरामद गरेको जनाएको छ ।
प्रहरीले उनीहरु सबैलाई म्याद थप गरी अनुसंन्धान सुरु गरेको जनाएको छ ।


