जमिन मुनिबाट सुन निकालि दिन्छु भनेर ठगी गर्ने एक पक्राउ

सदरलाइन संवाददाता ७ पुष २०८१, आईतवार १८:३२
 

नेपालगञ्ज : जमिन मुनिबाट सुन निकालि दिन्छु भनेर करोडौ ठगी गर्ने एक भारतीय नागरिकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

नेपालगञ्ज–१९ मोहनपुर ईटाभट्टा नजिकैको जमिनबाट सुन निकाली दिन्छु भनेर स्थानीय नसिर अहमद बेहनाका साथबाट ईटा भट्टाको जमिनमा सुन रहेको र त्यो सुन निकालि दिन्छु भनेर पटक–पटक २ करोड ठगी गर्ने भारत बलरामपुर सिंहपुरीका ४२ वर्षिय सदाबुद्दिन हल्वाई प्रहरीको फन्दामा परेका हुन ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक आयूश प्रसाद जोशीले दिएको जानकारी अनुसार प्रहरीले सो ठगी गरेको अभियोगमा हल्वाईलाई बसपार्क नजिकैबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले हल्वाईलाई ४ दिनको म्याद थपेर अनुसंन्धान सुरु गरेको जनाएको छ । प्रहरीले आरोपीको साथबाट १ हजार ४९ पहेलो सिक्का, माटोको घैटो ३, पित्तलको घैटो ३, धातुको गणेशको मूर्ती लगायतका विभिन्न सामाग्री बरामद गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रेस स्वतान्त्रता सेनानी स्व बैष्यको स्मृति दिवश सम्पन्न

७ पुष २०८१, आईतवार १८:३२
नेपालगञ्ज,  :  प्रेस स्वतन्त्रता सेनानी स्व. रामगोपाल बैश्य प्रतिस्ठानले प्रेस स्वतन्त्रता सेनानी स्व.बैश्यको सातौं स्मृति दिवस मनाएको छ । आईतबार नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरि प्रतिस्ठानले स्मृति दिवस मनाएको हो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले बैश्यलाई सम्झदै उनले बाँकेको पत्रकारिता क्षेत्रमा अतुललिय योगदान गरेको भन्दै उनको योगदानको चर्चा गरेका थिए […]