रवि लामिछानेलाई बयान सकेर कास्की फर्काईयो

सदरलाइन संवाददाता ३० कार्तिक २०८१, शुक्रबार १८:२४
 

रूपन्देही : सहकारी ठगी प्रकरणमा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान सकेर पुन कास्की फर्काईएको छ ।

बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरण अन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज शुक्रबार कास्की फर्काईएको हो ।

बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भए पनि मौसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पौने २ बजेमात्र कास्की उडेको रूपन्देही प्रहरीले जनाएको छ ।


गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको  नाममा  एक  करोड  ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क  प्रालिमा  गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएको कारणले उनलाई बयानको लागि रुपन्देही ल्याईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वैकुण्ठधाम आध्यात्मिक महोत्सव सम्पन्न, ३ करोड बढी संकलन

३० कार्तिक २०८१, शुक्रबार १८:२४
नेपालगञ्ज  :  प्रस्तावित वैकुण्ठधाम सिधनियाघाट निर्माणको सहयोगार्थ नेपालगन्जमा जारी वैकुण्ठधाम आध्यात्मिक महोत्सव आज सम्पन्न भएको छ । २२ गतेबाट सुरु भएको महोत्सव शुक्रबार सम्पन्न भएको हो । राप्तीनदीको सिधनियाघाटमा वैकुण्ठधाम निर्माणको उद्देश्य सहित सुरु भएको महोत्सवबाट झण्डै ३ करोड बढी संकलन भएको आयोजक वैकुण्ठधाम सिधनियाघाटले जनाएको छ । महोत्सवको समापनको […]