रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

सदरलाइन संवाददाता २५ कार्तिक २०८१, आईतवार १७:५६
 

पोखरा :  सहकारी अपचलनमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो । लामिछाने २ कात्तिकमा पार्टी कार्यालयबाट पक्राउ परेका थिए । उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।


लामिछानेसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र लिला पछाईंलाई पनि थप १३ दिन हिरासतमा राखेर अनुुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोशीका पूर्वमन्त्री अधिकारीको २ दिन हिरासतको बास

२५ कार्तिक २०८१, आईतवार १७:५६
काठमाडौं : मानव तस्करीको आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुईदिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अधिकारीलाई दुईदिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अधिकारीलाई आइतबार बिहान प्रहरीले विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो […]

सम्बन्धित