२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कालिकोटको राडुकाप्रमा जिप दुर्घटना, ६ जनाको मृत्यु १३ जना घाइते



कालिकोट :  कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु हुनुको साथै १३ जना घाइते भएका छन ।

सो घटनामा परेर मृत्यु हुनेमा एक ६ वर्षिय बालक सहित ६ जना रहेका छन । मृत्यु हुनेमा पलाँता गाउँपालिका वडार्न ५ का ५१ वर्षिय पदमबहादुर बम, वडानं. ६ की पुन्नकला शाही, वडानं. ५ कि छाया शाही, सोही वडाकी भद्र रोकाया, गणेश शाही र ६ वर्षिय बालक दमन रोकाया रहेको प्रहरी चौकी खिनले जनाएको छ ।

क १ ज, ५६ नम्बर को जिप खिनदेखि थिर्पुसम्म आउदै गरेको थियो । दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ । घाइते हुनेमा बिजय थापा, इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक, रिदम शाही, प्रतिक्षा शाही, आषिस रोकाया, भुपेन्द्र रोकाया, दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया र गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भीर घाइते रहेको जनाएको छ । गाडी सडकदेिख २ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार
ताजा समाचार