२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सुर्खेत–दैलेख सीमा रानीमत्तामा फोर्सगाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, २५ घाइते



सुर्खेत : दैलेखबाट सुर्खेत आउदै गरेको फोर्स गाडी रानीमत्तामा आज दुर्घटना हुँदा चार जनाको मृत्यु हुनुको साथै सो घटनामा परेर २५ जना घाइते भएका छन ।

दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी तीव्रगतिका कारण दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी ) वीरेन्द्रवीर विश्वकर्माका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन । अहिले २५ जना घाइतेलाई उद्दार गरी उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको छ ।

दैलेखबाट सुर्खेत आउन २९ जना सवार उक्त गाडी सडक भन्दा झण्डै दुई सय मिटर तल खसेको छ । घटनाको बिस्तृत आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार
ताजा समाचार