सल्यानको कपुरकोटमा मिनी ट्रक दुर्घटना हुँदा ११ घाइते

सदरलाइन संवाददाता १२ कार्तिक २०८१, सोमबार १९:०३
 

सल्यान  :  सल्यानको कपुरकोटमा मिनि ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । कपुरकोट गाउँपालिका–६ सिनवाङ दुवेदेबाट धान र पराल बोकेर सोही ठाउँको छापनेटातर्फ जाँदै गरेको रा १ ख २४०२ मिनि ट्रक दुर्घटना हुदा ११जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरक्षक रेशम खत्रीले सोमबार बेलुकी करिब ६ बजेतिर भएको मिनी ट्रक दुर्घटना परि घाइते हुनेहरुमा १४ वर्षिय गोबर्द्धन खडका र १२ वर्षिय डिल्ली भन्ने अनिल भण्डारी, १३ वर्षिया खुमा बस्नेत, १३ वर्षिया सृजना बस्नेत, ३५ वर्षिया नन्दा बस्नेत, १७ वर्षिय जीत सागर बस्नेत, १७ वर्षिय संजीव बस्नेत, २९ वर्षिय शंकर खडका, ३५ वर्षिय देवबहादुर बस्नेत, २२ वर्षिय हिक्मत थापा र गाडी चालक २४ वर्षिय मानबहादुर भण्डारी रहेको जानकारी दिए ।

उनले घाइते भएका सबैलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर दाङ लगिएको वताए । उनका अनुसार घाइते भएका केहीको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि १ सय ५० मिटर तल खसेको र थप विवरण आउन बाँकी रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिक १८ गते आइतबार ११ बजेर ३७ मिनेटमा भाइटीकाको शुभसाइत

१२ कार्तिक २०८१, सोमबार १९:०३
काठमाडौ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । पश्चिम मोहडा गरेर भाइटीका लगाउनु पर्ने पनि समितिले जनाएको छ । […]