भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब  रेमिटान्स

सदरलाइन संवाददाता २९ आश्विन २०८१, मंगलवार १८:२७
 

नेपालगञ्ज : चालु आर्थिक वर्ष २०८१–०८२ को भदौ महिनामा मात्र दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण (रेमिटान्स) भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत भदौ महिनामा रु दुई खर्ब २८ अर्ब ३७ करोड विप्रेषण भित्रिएको थियो ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८ दशमलव ७ प्रतिशतले बढेको थियो ।


अमेरिकी डलरमा विप्रेषण आप्रवाह एक अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह एक अर्ब ७३ करोड थियो । गत साउन महिनामा रु एक खर्ब ३६ अर्ब ९३ करोड विप्रेषण भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ७६ हजार चार सय ८५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४० हजार पाँच सय ८३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ७४ हजार चार सय ५५ र ३२ हजार चार रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने गृहमन्त्री लेखकको भनाई

२९ आश्विन २०८१, मंगलवार १८:२७
नेपालगञ्ज : गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आगामी अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने सरकारको तयारी रहेको बताएका छन् । ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले आफू प्रहरी सङ्गठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको […]