कोहलपुरमा हत्या भएका चन्द्रबहादुरको टाउको सेफ्टीटंकीमा भेटियो

सदरलाइन संवाददाता २८ आश्विन २०८१, सोमबार १३:०८
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा हत्या गरिएका चन्द्रबहादुर कामीको टाउको प्रहरीले सोमबार बिहान फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले आइतबार टाउको गिडिएको अवस्थामा भेटिएको कामीको टाउको स्थानीय कमला परियारको घरको सेफ्टी टैंकीमा सोमबार बिहान भेटिएको बता जानकारी दिए ।

टाउको नभएको अवस्थाको मृतकको शव बरामद भएपछि प्रहरीले घटनास्थल नजिकै रहेको कुवा तथा संभावित स्थानमा खोजतलास गर्दा मृतकको टाउको सेफ्टी टेंंकी भित्र फालिएको अवस्थामा भेटाएको हो ।


प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमार्टमको लागि शव भेरी अस्पताल नेपालगञ्जमा पठाएको छ । प्रहरीले आइतबार बिहान नै कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी नजिकै टाउको नभएको शव फेला परेको थियोे ।

प्रहरी उपरिक्षक कार्कीले घटनास्थल पिपरीदेखि करिव २ किलोमिटर पुर्व शितलनगरमा टाउको नभएको शव फेला परेको र दशैं टिकाको दिन शनिबार राती चन्द्रबहादुरको हत्या भएको प्रहरीको अनुमान छ ।

प्रहरीका अनुसार मृतकका बुवाले चन्द्रबहादुरको शव पहिचान गरेका हुन । प्रहरी उपरिक्षक कार्कीले सो घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टा सिचाई आयोजना समयमै निर्माण हुन नसक्दा किसानमा छायो नैराश्यता

२८ आश्विन २०८१, सोमबार १३:०८
  नेपालगञ्ज  : बाँकेका किसानको अवस्था परिवर्तन गर्ने उद्देश्यले राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधिन सिक्टा सिचाई आयोजना समयमै निर्माण सम्पन्न हुन नसक्दा किसानमा नैरास्यता र आयोजनाको लागत थपिदै गएको छ । विक्रम संवत २०६२ मा १२ अर्व ८० करोडमा निर्माण सम्पन्न गर्ने गरि सुरु भएको आयोजनाको परिमार्जित लागत बढेर २५ […]

सम्बन्धित