कोहलपुरमा टाउको नभएको अवस्थामा शव भेटियो

सदरलाइन संवाददाता २७ आश्विन २०८१, आईतवार ११:२३
 

कोहलपुर (बाँके) :  बाँकेको कोहलपुरमा टाउको काटिएको अवस्थाको पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले दिएको जानकारी अनुसार कोहलपुर–८ पिपरी नजिकै टाउको नभएको शव फेला परेको हो ।

प्रहरी उपरिक्षक कार्कीले घटनास्थल पिपरीदेखि करिव २ किलोमिटर पुर्व शितलनगरमा अन्दाजी ४० वर्षका चन्द्रबहादुर कामीको टाउको नभएको अवस्थामा शव फेला परेको बताए ।


दशैं टिकाको दिन शनिबार राती चन्द्रबहादुरको हत्या भएको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार मृतकका बुवाले चन्द्रबहादुरको शव पहिचान गरेका हुन ।

मृतकको टाउको समाचार तयार पार्दासम्म फेला परेको छैन । हत्या कस्ले र किन गर्यो भन्नेबारे एकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरिक्षक कार्कीले सो घटनामा संलग्न व्यक्तिको खोजी भईरहेको बताए । प्रहरीले घटनास्थल नजिकै रहेको सिसि क्यामेरामा एक युवकले आवत–जावत गरेको र उनले शंकास्पद बस्तु बोकेको पत्ता लगाएको भएपनि यद्यपी, ती ब्यक्तिको पहिचान भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी महानिरिक्षक कुँवरद्वारा सकलदर्जालाई टिका जमरा प्रदान

२७ आश्विन २०८१, आईतवार ११:२३
काठमाण्डौ :  प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले वडा दसैं २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा रहेको प्रहरी महानिरीक्षकको निवासमा उपस्थित भएकाहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए । सो […]