एककिलो चरेशसहित नेपाली महिला भारतमा पक्राउ

सदरलाइन संवाददाता १४ आश्विन २०८१, सोमबार १८:५७
 

नेपालगञ्ज  : प्रतिबन्धित लागुपदार्थ चरेश बोकेर भारत प्रवेश गर्दै गरेकी नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् ।


भारत रुपईडिहाका थाना ईञ्चार्ज शमशेर बहादुर सिँह र रुपईडिहास्थित एसएसबीको ४२औं वाहिनीका जवानले संयुक्त जाँच गर्दा बाग्लुङ निसी वडानं. ७ बस्ने ३२ वर्षीया जीवनकुमारी घर्तीका साथबाट एक किलो चरेश बरामद गरेको हो ।

भारतीय प्रहरीको नियन्त्रणमा रहेकी घर्तीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बहराइच चलान गरिएको भारतीय प्रहरीलाई उदृत गर्दै रुपईडिहाबाट सञ्चारकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीको सिमानामा एकिकृत जाँचगर्न मुख्यमन्त्रीको निर्देशन

१४ आश्विन २०८१, सोमबार १८:५७
दाङ   : लुम्बिनी प्रदेशमा राजश्व चुहावट नियन्त्रण र पर्यटकलाई सहज बनाउने उद्देश्यले प्रदेशको सिमा क्षेत्रलाई लक्षित गरेर एकीकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रबाट हुने राजस्व चुहावट रोक्ने उद्देश्यले एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका हुन । प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक […]