विपदमा लुम्बिनी प्रदेश : चारदिनमा एक करोड ४३ लाख बरावरको क्षती

सदरलाइन संवाददाता १४ आश्विन २०८१, सोमबार १७:४२
 

दाङ : लुम्बिनी प्रदेशमा वितेको चार दिनयता भएका विपदका घटना बाढी, पहिरो तथा डुबानबाट एक करोड ४३ लाख रुपैयाँ बराबरको क्षती भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सार्वजनिक गरेको विवरण अनुसार विगत चारदिनमा घटेका विपद्का ३२ वटा घटना एक करोड ४३ लाख बराबरको क्षती भएको उल्लेख छ । असोज ११, १२, १३ र १४ गतेको अवधिमा ३२ वटा विपदका घटना घटेका छन् । यो अवधिमा अधिक बर्षा, पहिरो, बाढी तथा डुबानका घटना घटेका हुन ।


विपदमा परेर ३ जनाको मुत्यु, २ जना घाईते र एक जना वेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए । बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँके जिल्लामा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षती भएको छ । ३ वटा सरकारी भवनमा आंशिक क्षती पुगेको छ । ७ वटा गोठमा पनि क्षती पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृति विपदको सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

लुम्बिनी प्रदेशमा चार दिनको अवधिमा तुलनात्मक रुपमा क्षति कम भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् अघि, विपदको वेलामा र विपद् पछिको अवस्थालाई ध्यानमा राखेर प्रतिकार्यका योजना अघि बढाउन निर्देशन जारी गरेका थिए । सोही अनुसार समुदाय, प्रहरी प्रशासन र स्वयंमसेवकहरु परिचालन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश राजधानीमा पूर्वाधार निर्माणको एकीकृत मापदण्ड लागु गरिनुपर्छ : मुख्यमन्त्री आचार्य

१४ आश्विन २०८१, सोमबार १७:४२
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको राजधानी पूर्वाधार निर्माणमा एकीकृत मापदण्ड लागू गरिने बताएका छन् । नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित शहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताएका हुन । राप्ती उपत्यका देउखुरीको वस्ती विकास तथा शहरी योजना र भवन निर्माण सम्बन्धी एकिकृत मापदण्ड २०८१ […]