बेपत्ता बालिकाको तीन दिनपछि शरिरका केही अंगमात्र बाँकी रहेको अवस्थामा शव भेटियो

सदरलाइन संवाददाता १ आश्विन २०८१, मंगलवार १७:५०
 

 

खजुरा (बाँके)  : गत आइतबार रातीदेखि बेपत्ता भएकी खजुरा–६ सिमलघारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनको शव ३ पछि फेला परेको छ । बालिकाको मंगलबार बिहान घर नजिकै रहेको जङ्गलमा शरिरका केही अंगमात्र बाँकी रहेको अवस्थाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घरको आँगनमा खेल्नेक्रमममा वेपत्ता भएकी बालिका खोजतलासका क्रममा घर नजिकैको जङ्गलबाट मंगलबार बिहान करिव ११ बजे बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जानकारी दिए ।

मृतक बालिकाको शव घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलमा जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा खुट्टा फेला परेको प्रहरी निरिक्षक बुढामगरले जानकारी दिए ।


‘ गत आईतबार साँंझदेखि बेपत्ता बालिकाको खोजतलासका क्रममा आज बिहान करिब ११ बजेको समयमा शव फेला परेको छ, उहाँको शरीरको अन्य भाग भने जङ्गली जनावरले खाइसकेको अवस्था रहेछ, टाउको र दाहिने खुट्टा फेला परेको छ’– प्रहरी निरीक्षक बुढामगरले भने,–‘बाघले खायो कि चितुवाले खायो त्यो भने अझै खुलेको छैन, तर कुनै जङ्गली जनावरले खाएको हो ।’

मृतक बालिका आइतबार राती करिब ८ बजेको समयमा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा एकाएक बेपत्ता भएकी थिइन् । उनलाई बाघले लगेको हुन सक्ने आशङ्का गरिएको थियो ।

आइतबार रातिदेखिनै प्रहरी, सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयको टोली, पालिकाका जनप्रतिनिधि, बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक टोली साथै स्थानीयवासीहरु बालिकाको खोजतलासमा लगातार जुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम प्रस्तावित

१ आश्विन २०८१, मंगलवार १७:५०
एजेन्सी :  भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम आम आदमी पार्टीका नेता तथा वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले प्रस्ताव गरेका छन् । अदालतले मुख्यमन्त्रीका रुपमा काम नगर्न आदेश दिएपछि राजिनामा दिने घोषणा गरेका केजरीवालले पार्टीको संसदीय दलको बैठकमा नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक गरेका हुन । भ्रष्टाचारको आरोपमा करिब […]