चौबीस घण्टापछि पृथ्वी राजमार्ग सञ्चालनमा

सदरलाइन संवाददाता ६ भाद्र २०८१, बिहीबार १९:०५
 

तनहुँ : पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो ।


सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो । निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरा हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । दुईतर्फी बाटो सञ्चालन गराउनका लागि काम भइरहेको उनले बताए ।

निर्माणाधीन सो सडक विस्तारका क्रममा डाँडा खार्ने काम हुँदा यो क्षेत्रमा पहिराको जोखिम रहँदै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको थियो । पृथ्वी राजमार्ग भएर यात्रा गर्नेलाई दमौली हुँदै घाँसीकुँवा निस्कन तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवाको बाटो प्रयोग गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एकलाख राशीको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठलाई

६ भाद्र २०८१, बिहीबार १९:०५
  काठमाडौँ : यस वर्षको ‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई अर्पण गरिने भएको छ । वरिष्ठ पत्रकार देवेन्द्र गौतमका स्मृतिमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा स्थापित सो पुरस्कारको राशि रु एक लाख रहेको छ । पत्रकार गौतमको दोस्रो स्मृृति दिवस आगामी असोज २ गते सो पुरस्कार […]

सम्बन्धित