गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी

सदरलाइन संवाददाता २८ श्रावण २०८१, सोमबार १२:५०
 
गुल्मी :  गुल्मीमा जङ्गली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । जिल्लाको रेसुङ्गा सामुदायिक बनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङ्गली च्याउ खादा बिरामी परेका हुन ।
जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी ६५ वर्षका टोम बहादुर थापा, ६२ वर्षकी दिल कुमारी श्रीस, ३८ वर्षका लक्ष्मण थापा, २९ वर्षका बिकास थापा, १० वर्षकी दिपदिका थापा, १२ वर्षकी बिनिसा थापा, ४२ वर्षका सृजना काउछा र ३९ वर्षकी गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताए ।
उनीहरुको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको अस्पताल स्रोतलाई उदेत गर्दै प्रहरी निरीक्षक केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेस बाँकेद्वारा सुशील कोइरालाको जन्यजयन्तिमा आश्रममा खाना खुवाउदै मनाईयो

२८ श्रावण २०८१, सोमबार १२:५०
नेपालगञ्ज : नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । नेता कोईरालाको ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो । पार्टीका दिवंगत नेताहरुको जन्मजयन्ति […]