२०८३ कात्तिक ८ , शनिबार
Sadarline
२०८३ कात्तिक ८ , शनिबार

नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी प्रसाईको निधन



नेपालगञ्ज  : नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी अच्युत प्रसाईको उपचारको क्रममा आईतबार निधन भएको छ ।

लामो समयदेखि न्युमोनियाको कारण समस्याग्रस्थ रहेका प्रसाई नेपालगञ्ज विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको संयोजक समेत रहेका थिए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघलाई उनकै कार्यकालमा नयाँ र नविन सोचका साथ संस्थागत विकास भएको थियो ।

लामो समयदेखि निमोनियाँको उपचार गराई रहेका प्रसाईंको आइतबार विहान ललितपुरको मेडिसिटि अस्पतालमा निधन भएको हो ।

आइतबार दिउसो २ बजे पशुपति आर्यघाट ब्रमहनालमा हिन्दू परम्परा अनुसार अन्त्यष्टी हुने पारिवारिक निकट रहेका गोपाल अधिकीकारीले आफ्नो फेशबुकमा उल्लेख गरेका छन् ।

नेपालगञ्जका अगुवा समाजसेवीको निधनले यस क्षेत्राको व्यवसायिक विकासमा अपुरणिय क्षति भएको छ । स्वर्गिय प्रसाईं प्रति  सदरलाइन डटकम  हार्दिक श्रद्धासुमन व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमबार
ताजा समाचार