२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु



काठमाडौँ  : नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो । विमानमा चार जना चिनियाँ नागरिक सवार थिए भने । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेट मै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

यसैबीच सो घटनापछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको छ । दुर्घटनलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन ।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन । उनले १४ दिनपछि अर्को हवाई दुर्घटना हुनु दुस्खद् भएको बताए ।

 

 

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार
ताजा समाचार